विश्वकप क्रिकेट : सेमिफाइनलका खेल भोलि र पर्सि

काठमाडौं : टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्।  समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। 

भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। 

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ। 

यसअघि गएराति समूह दुईको भारत र नामिबियाबीचको खेलसँगै समूह चरणका खेल सकिएका छन्। अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिसकेको भारतले नामिबियामाथि प्रभावशाली जित निकालेको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP