Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दीर्घ रोगीलाई कात्तिक २८ गतेदेखि फाइजरको खोप, कुन–कुन अस्पतालमा लगाउन पाइन्छ ?

काठमाण्डाै – सरकारले दीर्घ रोगीहरूलाई यही कात्तिक २८ गतेदेखि कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गाैला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भएर डाक्टरको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरूले पाउने मन्त्रालयले जनाएको छ ।

दीर्घ रोगीलाई दिइने फाइजर खोप काठमाण्डौ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपलब्ध हुनेछ ।

यस्तै प्रदेश १ मा मेची प्रादेशिक अस्पताल भद्रपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, प्रदेश २ मा गजेन्द्र नारायणसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल वीरगञ्ज र जनकपुर प्रादेशिक अस्पतालमा खोप उपलब्ध हुनेछ । 

वाग्मती प्रदेशमा वीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर र धुलिखेल अस्पतालमा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरी अस्पताल बाग्लुङमा खोप पाइनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगञ्जमा, कर्णाली प्रदेशको कर्णाली प्रादेशिक अस्पताल सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल अमरगढीमा फाइजर खोप उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP