Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ। अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।

जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। 

राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह गर्दै पूर्वपश्चिम राजमार्गको लम्कीमा खुलाउने प्रयास गरेपछि करिब १० मिनेट सवारी सञ्चालन भएका थिए। 

फेरि पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग पुनः अवरुद्ध भएको गौतमले बताए। आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्।

मंगलबार राति लम्कीका व्यापारी डम्बर बडुवालका २२ वर्षीय छोरा भूपेन्द्रको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्याको आरोपमा ८ जनालाई पक्राउ गरेको छ भने केही अझै फरार छन्। मंगलबार राति खुकुरी प्रहारबाट बडुवालको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP