Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : गोकर्ण विष्ट

भक्तपुर – नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका ५ नम्बर वडा कमिटीले आज बुधवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता विष्टले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र त्यो प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्‍याे जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।’

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिस्टभित्र धेरै उतारचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुगेकाे भन्दै नेता विष्टले यो समयमा एमालेले केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठिक र नमिठा अनुभूतिको सामना गर्नु परेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राख्नुभयो ।

सचिव विष्टले भन्नुभयो, ‘आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठनिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ ।’

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भन्नुभयो, ‘यो देशमा नेकपा एमालेसँग एक्ला एक्लै चुनावकाे मैदानमा गएर प्रतिष्पर्धा गर्न सक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसले गर्दा केही मानिस बिहान उठेर मुख धुनु अगाडि, राति सुत्नु अगाडि मात्रै होइन सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।’

नेकपा एमालेसँग झन्डै साढे दुई वर्ष प्रचण्ड मिल्दा एमालेको बलियो सङ्गठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उहाँले प्रचण्डले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको आराेप लगाउनुभयाे । 

सचिव विष्टले भन्नुभयो, ‘यो गठबन्धन लामो समय कायम रहोस् भनेर म शुभकामना दिन्छु र अहिले प्रचण्डले नेपाली कांग्रेसको रुख चिह्नलाई गज्जबले गर्लम्म अङ्गालो हाल्नुभएकाे छ, जति लामो यो गठबन्धन रहन्छ, त्यति नै प्रचण्डले कांग्रेसको त्यो रुखलाई गर्ल्यामगुर्लुम हल्लाउँदा हल्लाउँदा रुखका सबै पात झरेर आउँदाे चुनावसम्म सिन्को मात्रै बाँकी रहन्छ, गठबन्धनबाट एमालेलाई नोक्सान हुँदैन ।’

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले भक्तपुरमा यसअघि नेपाल मजदुर किसान पार्टीले तीन पटक र नेपाली कांग्रेसले तीन पटक सांसद पाए पनि हुन नसकेको विकास अहिले एकै पटक भएको बताउनुभयो । उहाँले भक्तपुरमा आएको विकासको लहर देखेर आत्तिएकाहरूले विकास रोक्न खोजेको भन्दै उहाँले विकास नरोकिने दाबी गर्नुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP