Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बडुवाल हत्या प्रकरण : पक्राउ ८ जनाको नाम सार्वजनिक

धनगढी : कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ८ जनाको नाम सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह छन्। 

प्रहरीले संगम होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उनकी पत्नीलाई उनीहरूको सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।

नेपाली सेनाको गाडी तोडफोड

बडुवाल हत्याको विरोधमा दिनभर प्रदर्शनमा उत्रिएका स्थानीयले नेपाली सेनाको गाडी तोडफोड गरेको छन्।

तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको गाडीमाथि प्रदर्शनकारीले कैलालीको लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्।

प्रदर्शनकारीले सेनाको गाडीमा ढुंगा प्रहार गरी अगाडीको सिसा फुटाएको बताइएको छ। बडुवालको हत्यापछि उनका आफन्त तथा स्थानीयले बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP