Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

१२औँ राष्ट्रिय जनजणना आजदेखि शुरू हुने

काठमाडौं : ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ। 

आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ। कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।  गणनाका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ।

तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिए। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको उनले बताए।

४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ।  एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने हुने प्रवक्ता चौलागाइँले बताए। यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उनले बताए।

‘‘७० को हाराहारीमा प्रश्नहरु छन्। सामुदायिक प्रश्न वडाले जवाफ दिने पनि छुट्टै छ। यस हिसाबले ७०–७२ वटा प्रश्न प्रत्यक्ष देखिएका छन्। यसलाई समग्रमा हेर्ने हो भने ८० वटा प्रश्नहरु हुनेछन्,’ उनले भने, “‘यो पटक लामो प्रश्नावली रहेको छ। यो विश्वकै लामो प्रश्नावली बुझिएको छ।”

‘यो प्रश्न सक्न २५ देखि ३० मिनेटको समय छुट्याइएको उनले बताए। कुनै परिवारका सदस्य धेरै छन् भने समय बढी लाग्छ। परिवार सानो छ भने त्यहाँ थोरै समय लाग्छ” उनले भने, ‘त्यसैले एक परिवारका लागि एक जना गणकले २५ देखि ३० मिनेट सयम छुट्याउनुपर्ने छ।’ जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने पनि उनले बताए।

यसैगरी कालापानी, लिपुलेक क्षेत्रमा जगनणना गर्न भने स्वीकृति लिनुपर्ने उनले बताए। ‘कालापानी, लिपुलेक क्षेत्रमा चार–पाँच वटा गाउँ छन्। केही गाउँमा तथ्याङ्क विभागका कर्मचारीले घर परिवार सूचीकरण गरिसकेको उनको भनाइ छ।  तर, केही ठाउँमा प्रशासनको स्वीकृति लिएर मात्रै जान मिल्ने अवस्था छ।,’ उनले भने, ‘यसले गर्दा त्यस ठाउँमा स्वीकृतिको लागि बाँकी राखेका छौं। मिल्यो भने फेरि विभागका कर्मचारी जानेछने। जनगणना समन्वय समितिमा सिडिओ हुनुहुन्छ। उहाँहरुले पनि यसका लागि पहल गरिरहनुभएको छ । यो सरकारी स्तरबाटै पहल गर्नुपर्ने कुरा हो।’

४० हजार जना गणकले १५ दिनमा संकलन गरिसक्नुपर्नेछ। १२ औं जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने भएको छ। ‘यो १२ औं जनगणना हो। यसका लागि हामीले यसभन्दा अगाडि घर परिवार सूचीकरण कार्यक्रम गरिसकेका छौं। मुख्य गणनाको कार्य बिहीबारदेखि शुरु हुँदैछ, १५ दिनको लागि’ चौलागाइले भने।  निर्वाचन क्षेत्रको निर्धारण साथै वडागत तहको विवरणको लागि र विकास निर्माणको लागि पनि जनगणनाको तथ्याङ्क आवश्यक पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP