Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले महाधिवेशन : संगठित सदस्यबाट एक सय उठाउने

काठमाडौं : नेकपा (एमाले)ले आगामी मंसिर १०-१२ गते हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ।

एमालेले पार्टीका सङ्गठित सदस्यबाट न्यूनतम एक सय लेभी उठाउने भएको हो। 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट न्यूनतम एक सय रूपैयाँका दरले उठाइने जानकारी दिए। 

‘महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौं,’ उनले भने, ‘सङ्गठित सदस्यबाट न्यूनतम एक सय रूपैयाँ र स्वेच्छिक एक सयभन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौं।’

एमालेका करिब ७ लाख ३० हजार सङ्गठित सदस्य रहेको बताइएको छ।

पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताए। 

एमालेको महाधिवेशन आगामी मंसिर १०-१२ गते चितवनमा हुँदैछ।

पार्टीले स्वतः हुने प्रतिनिधिबाट ३ हजार रूपैयाँ र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट २ हजारका दरले महाधिवेशन शुल्क तोकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP