Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दोस्रो लहर सुरु भएपछि पहिलो पटक कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झर्‍याे

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई दशमलव ५० प्रतिशत अर्थात् तीन सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको आज पहिलो पटक हो । आज थपिएका तीन सय १७ जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप दुई सय ७९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ ।

यही अवधिमा थप ६ जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६६ पुगेको छ । 

अहिले नेपालमा सात हजार पाँच सय ३५ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP