Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मणिपाल अस्पतालकाे लगानीकर्ता बनाउने भन्दै ५० लाख ठगी

काठमाडौं : प्रहरीले विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले भारत तामिलनाँडु घर भई काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई पक्राउ गरेको हो।

उनले आफू मेडिकल व्यवसायी रहेको र पोखरास्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय लगानीकर्तासँग कुराकानी भई सम्झौतापत्र तयारीसमेत भइसकेको भनेर झुट्टा कागजात र कुराकानी तयार गरेर ठगी गरेको प्रहरीले जनाएको छ।

उनले बिभिन्न ब्यक्तिलाई अस्पतालमा लगानीकर्ता बनाउने प्रलोभन देखाई ठगी गर्ने गरेको महाशाखाले जनाएको छ। प्रलोभनमा पारेर एक जनाको स्वामित्वमा रहेको जमिनको लालपूर्जा समेत आफ्नाे नियन्त्रणमा लिई ठगी गर्ने गरेको खुलेको महाशाखाले जनाएको छ।

नेपालस्थित बिभिन्न बैंक तथा वित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाएर पनि उनले ठगी गरेको पाइएको छ।

महाशाखाका अनुसार उनले अन्तराष्ट्रिय रेडक्रसको डाईरेक्टर हुँ भनि नक्कली परिचय पत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेका छन्।

बिभिन्न ब्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखेर नागरिकतामार्फत बैंक खाता संचालन गरी ठगीमार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनले बिभिन्न ब्यक्तिबाट पटक–पटक गरि ५० लाख रुपैयाँ ठगी गरेको देखिएकाको तथा अन्य ब्यक्तिलाई पनि ठगी गरेको देखिएकोले थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। पक्राउ परेका उनलाई  कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ।

पक्राउ परेका व्यक्ति २०७२ जेठ २२ गते पक्राउ परि वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्लीबजार कारागारमा दुई वर्ष कैद तथा साढे तीन लाख रुपैयाँ तिरेर रिहा भएको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP