Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ

गाेरखा – झन्डै १५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले १४ किलो आठ सय ग्राम चरेससहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको हो ।

लाप्राकबाट छेवेटार आउँदै गरेको बा २० च ९३३२ नम्बरकाे जीपमा झन्डै १४ किलाे परिमाणमा चरेस फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । अस्थायी प्रहरी पोस्ट चनौटेले हिजाे बुधवार राति जाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रङ्गको बोराभित्र प्लास्टिककाे थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद भएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकी गुरुङले आफ्नो बारीमा फलेको गाँजाबाट आफैँले चरेस उत्पादन गरेको प्रारम्भिक बयान दिएकी छन् । प्रहरीले लाप्राकमा रहेकाे उनको घरमा जाँच गर्दा थप चार सय ग्राम चरेस र तराजु बरामद गरेको दाहालले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको समय दिइएको उहाँले बताउनुभयो ।

गुरुङ चढेर आएको जीप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP