काठमाडौं : युएइमा जारी टी–२० विश्वकपमा यो पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै दुईमध्ये जसले उपाधि जितेपनि पहिलो पटक यो छोटो संस्करणको नयाँ च्याम्पियनका रुपमा रहने छन्।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटलेनै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको हो। यसअघि सन् २०१० को टी–२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।
अहिलेसम्म ६ संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन्। जसमा वेस्टइन्डिजले २०१२ र २०१६ गरी दुई पटक उपाधि जितेको थियो। त्यस्तै २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो।
२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो। २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो। त्यस्तै २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो।
२०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो। पछिल्लो पटक २०१६ मा भएको टी–२० विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया