Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इन्धनको बढेको मूल्य फिर्ता लिन चाैतर्फी माग : निगम भन्छ– ‘फिर्ता हुँदैन’

काठमाण्डाै – इन्धनको बढेको मूल्य फिर्ता लिन उपभोक्ता मञ्च, विद्यार्थी सङ्गठन र यातायात व्यवसायीले माग गरेका छन् ।

आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पटक–पटक भइरहेको इन्धनको मूल्य वृद्धिले नागरिक ठूलो मारमा परेको बताउनुभयो । उहाँले उपभोक्ताको चुलो निभ्ने अवस्था रहेको भन्दै इन्धनमा भएको मूल्य वृद्धि फिर्ता लिन माग गर्नुभयो ।

यस्तै सत्तारुढ दल कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसङ्घ) का महामन्त्री बलदेव तिमल्सिना, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुदेश पराजुली, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव समिक बडाललगायतले आफूहरूको एकसूत्रीय माग मूल्य वृद्धि फिर्ता गर्नु रहेको र नभए आन्दोलन निरन्तर रहने बताएका छन् ।

त्यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले तत्काल मूल्य वृद्धि फिर्ता नभए सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिनुभएको छ । निगमले गरेको मूल्य वृद्धि फिर्ता नभए यातायातको पनि भाडा बढाउन बाध्य हुने उहाँको भनाइ छ ।

यद्यपि आयल निगमले बढेको मूल्य फिर्ता नहुने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्य वृद्धि फिर्ता लिन नसकिने बताउनुभयो । उहाँले मूल्य वृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर बढाउनुपरेको बताउनुभएको छ ।  

पछिल्लाे पटक निगमले पेट्राेल, डिजल/मट्टीतेलमा प्रति लिटर तीन/तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP