Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संकटा क्लब र यु क्यानबीच सम्झौता

काठमाडौं : संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजन सम्बधमा सम्झौता भएको छ। सहिद स्मारक ए डिभिजन क्लब संकटाले र यु क्यानबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रुपैयाँ बराबरको स्पोर्ट्स किट्स प्रदान गर्ने छ।

यु क्यानका प्रमुख कार्यकारी अधिकृत महर्जनले फुटबलप्रतिको लगावकै कारण क्लबहरुलाई प्रयोजन गरेको बताए। यस्तै‚ हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकको रुपमा जोडिएको संकटालाई बैंकले एक सिजनका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए।

अध्यक्ष तुलाधरले मुख्य प्रायोजकका लागि छलफल भइरहेको र एक दुई दिनमै छिनोफनो लाग्ने बताए। सोही कार्यक्रममा रवि शिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ। जसमध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावेश रहेका छन्।

सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेदेखि हुँदैछ। जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन्। नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ। जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP