Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्ने दौडमा न्युजिल्यान्ड र अष्ट्रेलिया

युएईमा जारी टी-२० विश्वकपमा यस पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै यी दुईमध्ये जसले उपाधि जिते पनि पहिलो पटक नयाँ च्याम्पियनका रुपमा रहने छन्।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको थियो। यसअघि सन् २०१० को टी-२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।

अहिलेसम्म ६ संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन्। जसमा वेस्टइन्डिजले २०१२ र २०१६ गरी दुई पटक उपाधि जितेको थियो। त्यस्तै‚ २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो। २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

त्यस्तै २०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो। २०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो। पछिल्लो पटक २०१६ मा भएको टी-२० विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP