बाँकेमा करेन्ट लागेर विद्यार्थीको ज्यान गयाे

बाँके – नेपालगञ्जमा एउटा विद्यालयको परिसरभित्र करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको ज्यान गएको छ ।

नेपालगञ्जमा रहेकाे ब्रिटिश इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने १४ वर्षीय भरत कँडेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

विद्यालयमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि राखिएकाे बिदाई कार्यक्रमकाे तयारी भइरहदा कँडेलको ज्यान गएको हो । शुक्रबार नेपालगञ्जमा पानी परिरहेकाे र तयारीका क्रममा कँडेल चिप्लिएका कारण नजिकैकाे रहेको फलामको पाइप समात्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP