Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल बारले प्रधानन्यायाधीश विरुद्धको आन्दोलनलाई आजदेखि देशव्यापी बनाउने

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई आजदेखि देशव्यापी बनाउने भएको छ ।

जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ । आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । अस्ति शुक्रवार जबरालाई अदालतको गेटमा छेकेको बारले आज पनि अदालत प्रवेश गर्न नदिने र सर्वोच्चका दुवै ढोकामा धर्ना दिने तयारी गरेको छ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरु पनि आन्दोलनमा छन् । सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । सर्वोच्च अदालतका पूर्व तथा बहालवाला न्यायाधीश, नेपाल बार तथा विभिन्न सङ्घसंस्थाको विरोधका कारण दबाबमा परेको सरकारले न्यायालयको गतिरोध अन्त्य गर्न छलफल थालेको छ ।

प्रधानमन्त्रीसहित मन्त्रीहरुले यसबारे बिहीवार बेलुका पहिलो चरणमा परामर्श गरे पनि सङ्कट समाधानको उपायका बारेमा सरकार र सत्तारुढ दल अहिलेसम्म प्रष्ट भइसकेका छैनन् । सत्तारुढ दलले साझा धारणा बनाएर छिट्टै न्यायालयभित्रको समस्या समाधान गर्ने कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP