Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

प्रज्ञा प्रतिष्ठानको बजेट २५ करोड

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि २५ करोड ४६ लाख रुपैयाँको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ। कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा आइतबार भएको सभामा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सभामा गत आर्थिक वर्षको यथार्थ आय १७ करोड ५७ लाख ६७ हजार र व्यय १७ करोड २० लाख ७८ हजार रुपैयाँसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गरिएको थियो।

प्राज्ञसभा सदस्य शशी लुमुम्बुका अनुसार बैठकले वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेश शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता दिने निर्णयको अनुमोदन गरिएको छ। डा. वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णय पनि अनुमोदन भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP