Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पूर्व-न्यायाधीशहरूको एकैस्वर : प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाऊ

काठमाडौं : पूर्व-न्यायाधीशहरूको समूह पूर्व-न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरूसँग आग्रह गरेको छ।

नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले जबराको राजीनामा मागिरहेका बेला फोरमले महाअभियोगको प्रस्ताव अघि सारेको हो।

पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा  महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं।’

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै कात्तिक ७ गतेदेखि बार आन्दोलनरत छ। त्यस्तै, सर्वोच्चका अन्य १९ न्यायाधीशरूले समेत बेञ्‍च बहिष्कार गर्दै आएका छन्।

फोरमले जबराविरुद्ध बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धतासमेत जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष सिंहले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान नै सच्याउन माग गरे।

न्यायालयको समस्या यस्तो चरम सीमामा पुगिसकेको भए तापनि पछिल्लो समय कुनै पनि जिम्मेवार राजनीतिक दलहरूले मुख खोलेरै पार्टीको धारणा सार्वजनिक गरिसकेका छैनन्।

विज्ञप्ति :

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP