चन्द्रौटा–कृष्णनगर सडक चारलेन निर्माणको गति सुस्त

माधव बेल्वासे,
चन्द्रौटा,३० फागुन
चन्द्रौटा कृष्णनगर रोड चारलेन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । गत फागुनवाट सुरु भएको योजनाको एक वर्षको अवधिमा जम्मा २० प्रतिशत कार्यक्रम सम्पन्न भएकोे छ । काम सुरु भएको वर्षदिन बितेपनि निर्माण काम भने सुस्त गतिमा चलिरहेको छ । सुरुका केहि महिना तिव्र गतिमा काम भएपनि पछिल्लो समय भने गति कम भएको हो । हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने अवस्था छैन् ।
एक वर्षको अवधिमा ५ प्रतिशत मात्र रकम खर्च भएको निर्माण कम्पनीले बताइएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर रहेको छ । दुईलेन रहेको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका नविन गुरुङ्ग जानकारी दिनुभयो । रुख कटान,विद्युतको पोल सार्ने,खानेपानीको पाइप व्यावस्थापन लगाएतको कामले केहि ढिलाई भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो । जटिल कामहरु सम्पन्न भइसकेकोले वाकि रहेको २ वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने देबकोटाले बताउनुभयो ।
सडक निर्माणको काम सुरु भएसँगै अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । सडक निर्माणमा पानी परेपछी एक हप्ता प्रभावित हुने गरेकोले पनि केहि ढिलाई भएको उक्त योजनाका ईन्जिनियरिङ्ग परामर्श सेवाका ईन्जिनियर रमेशलाल श्रेष्ठले बताउनुभयो । भारतीय सहयोग रहेकोले रकम निकासामा झन्झटिलो भएको हुदाँ निर्माण कम्पनीलाई समस्या रहेको र समय अपुग भए केहि समय थप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सडक सुधार विकास आयोजना र एक्जिम बैंक बीच सडक निर्माणका लागि सम्झौता अनुसार यो सडक निर्माण हुन लागेको हो । दुई बीचको सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभिले जिम्मा लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभि भारतीय कन्ट्रक्सन हो । भारतीय एक्जिम बैंकको सहयोग रहेको हुदाँ सडक निर्माणको ५१ प्रतिशत सामाग्री भारतबाट आयात गरिने छ ।
भारतीय सीमासँग जोडिएको सडक चारलेन निर्माणसँगै दुई देशीय आयत निर्यातमा सहजता हुने विश्वास छ । राष्ट्रिय गौरवको यो आयोजना सक्न अझै २५ महिना लाग्ने निर्माण कम्पनी दिनेशचन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडक भित्र पर्ने ५ सय १६ रुख काटिएको छ भने विद्युत पोल सार्ने काम भइरहेको छ । अब ग्राबेल गरी पिच भत्काउने काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ । ७५ करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २ सय २० जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP