Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मुख्यमन्त्री शाहीलाई अग्निपीडितको गुनासै गुनासो

मुगु : सदरमुकाम गमगढीस्थित तल्लो बजारमा सोमबार राति १२ ३० बजे आगलागी हुँदा २५ घरसहित बहालमा बसेको ५५ गरी ८० घर परिवारका अग्नि पीडितहरुले कसैले दिएको राहत राख्ने ठाउँ समेत नभएको भन्दै  रुँदै गुनासा पोखेका छन्। 

बुधबार गैर खाद्य सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम गमगढी पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि ब्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई कसैले राहत दिएको  भए पनि आगोले बस्ने घर सबै सखाप पारेपछि राहतका सामान राख्ने ठाउँ समेत नहुदा प्रदेश सरकारले घर निमार्ण गरिदिन  रुँदै आग्रह गरेका  हुन। 

आगलागी भएको स्थानको निरीक्षणमा पुगेका मुख्यमन्त्री शाहीसहितको टोलीलाई अग्निपीडितहरु आगो निभाउने पानी समेत ब्यवस्था नभएको बिजुली र सञ्चार सेवा समेत अवरुद्ध भएकाले आक्रोश पोखेका थिए। 

आगलागी भएको स्थान निरीक्षण पश्चात पीडितहरुसँग गरिएको अन्तरक्रियामा सबै पीडितले  ऋण सापटी गरेर बनाएको घर तथा अन्य व्यवसायका पसल एक छिनमै खरानी भई घरबारविहीन भएपछि तत्काल कसैले राहत उपलब्ध गराएको भए पनि राख्ने ठाउँ छैन पकाउने भाडा छैन। 

ढुङ्गा माटो पन्छाउदै लगाउने मास्क समेत उधारो मागेर लगाउने गरेको शरिरमा लगाउने लुगाफाटो समेत साथी भाइले दिएर लगाउनु पर्ने तत्काल  प्रदेश सरकारले घर निमार्ण गर्न सहयोग गरी दिन  आगलागीपीडित छिरिङ लामाले गुनासो पोखे। 

मुख्यमन्त्री शाही समक्ष सबै अग्निपीडितहरुले चाडो भन्दा चाडो बासकालागि ब्यवस्था गरिदिन रुँदै आग्रह गरी अभिभावकको भुमिका निर्बाध गर्न आग्रह ग
राहत लिएर आएका  मुख्यमन्त्री शाहीले अग्नि पीडितहरुकालागि प्रदेश सरकारले गैर खाद्य सामग्री दिएको छ। 

प्रदेश सरकारले तत्काल आगलागी भएको स्थानमा खानेपानी बिद्युत, संचार सेवा उपलब्ध गर्नका लगि प्रदेश मातहतका कार्यालयलाई निर्देशन गरी सकेको साथै आगलागीबाट क्षति भएका घर निमार्णका लागि प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता समेत गरेका छन्। टेण्ट हालेर बस्ने ठाउँ समेत नभएपछि सबै प्रदेश तथा स्थानिय सरकारलाई घर निमार्णको पहल गर्न पीडित ठिल्ले लामाले आग्रह गरे।

 सोमबार राति भएको आगलागीले ८० घर परिवार घरबारविहीन भएपछि ति घर परिवारले बजारमा तत्कालै कोठा भाडा समेत पाउन मुस्किल भएको छ। उनिहरुलाई प्रदेश सरकाले आधुनिक खाल टेण्टसहित अन्य न्यानो कपडा ल्याएको भएपनि टेण्ट कहाँ बनाउने र ति सामग्री कहाँ राख्ने चिन्ता रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP