चट्याङ र असिना पानीका कारण चार जनाकाे ज्यान गयाे

काठमाण्डाै – चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ ।

शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिका १२ का १० वर्षीय विकास नेपालीको असिनाले लागेर ज्यान गएको छ । शनिबार दिउँसो घरबाट हिँड्नुभएका नेपालीको कुडुले जङ्गलमा शव भेटिएको हाे । असिनाले लागेर उहाँकाे ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै अर्घाखाँचीकै भूमिकास्थान नगरपालिका ९ का सालिकबहादुर बलालको पातले खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP