Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज गुरु नानक जयन्ती मनाइँदै

काठमाण्डाै – सिख धर्मावलम्बीले आज गुरु नानकको जन्मजयन्ती मनाउँदै छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो ।

नेपालका विभिन्न ठाउँमा सिख धर्मावलम्बीले गुरुद्वारा बनाएका छन् । त्यहाँ आजको दिन विशेष भजनकीर्तन गरिन्छ । गुरुनानक जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले गुरुनानकको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यो जयन्तीले आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP