Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

मुलुकभर चिसो बढ्यो, अधिकांश क्षेत्रमा औसतभन्दा कम तापक्रम

काठमाडौं :  मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ। 

जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन्।

एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ। अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताइन्।

योबीचको समयमा कुनै दिन काठमाडौंका दुई डिग्रीसम्मै तापक्रम घटेको छ। नोभेम्बर लागेपछि काठमाडौंमा न्यूनतम तापक्रम पनि घटेको उनले बताए। विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ। अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताए।

तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ। उनले आगलागी तथा डढेलोका घटनाहरु घट्न थालिसकेको बताए।

केही अघि मात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको बिहीबार मृत्यु भएको छ। 

औसतभन्दा तापक्रम घट्ने क्रम काठमाडौँ उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो। मुख्यतः उपत्यकामा भने अक्टोबर २६ बाट अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ।

पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा कँडेलले बताए। हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आंकलन आउन बाँकी नै छ। आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ।

‘बिहीबारसम्मको विवरण हेर्दा काठमाडौँ, दोलखा, डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औसतभन्दा कम तापक्रम मापन गरिएको छ’, कँडेलले भनिन्, ‘पोखरा, जामेसोमलगायत केही जिल्लामा तापक्रम औसतभन्दा केही बढी छ।’ 

यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ। अघिल्लो वर्ष सोही दिन २२ दशमलव ६ डिग्री थियो। त्यसको अघिल्लो दिन नोभेम्बर १६ (मङ्गलबार)औसत अधिकतम तापक्रम २२ दशमलव ९ हो।

त्यसदिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिजो बिहीबार औसत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो।

विभागका अनुसार अक्टोबर २६ (कात्तिक ९) पछि भने क्रमशः अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ। उक्त दिन औसत अधिकतम तापक्रम २५ दशमलव ९ थियो।

गत वर्ष औसतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झर्‍यो । काठमाडौँमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो। प्राप्त विवरणअनुसार उक्त दिन औसत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो।

जबकी अघिल्लो वर्ष सोही दिन २५ डिग्री तापक्रम थियो।

मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ। यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आँकलन सार्वजनिक गर्दैछ। त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ।

सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ। हाल प्रदेश नं १ मा  आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशमा सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज पनि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन। घाम पनि लाग्न सकेको छैन। धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन। उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ। यो क्रम भोलिसम्म रहने र आइतबारबाट सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

“यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ”, उनले भने। यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाडौंको न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP