Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

भक्तपुर र बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : भक्तपुर र बर्दियामा भएको सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो। जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै‚ बर्दियाको बाँसगढी नगरपालिकामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। बाँसगढी-३ स्कुलचोकमा भे १० प ५० ६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ३५ वर्षीय तिलक थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP