Trending
राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

माओवादी सम्मेलन : दाङको ९७ वडामा नयाँ नेतृत्व, दुई वडामा मात्र महिला नेतृत्व (नामावलीसहित)

दाङ : नेकपा (माओवादी केन्द्र) दाङले १० स्थानीय तहका १०० वडामध्ये ९७ वडामा निर्विरोधले नेतृत्व चयन गरेको छ। वडा अध्यक्षमध्ये दुई जना महिला छन्। घोराही उपमहानगरपालिका-२ मा लेखा अधिकारी र राप्ती गाउँपालिका-८ मा अञ्जु कार्की अध्यक्षमा निर्वाचित भएका हुन्।

माओवादी केन्द्रले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनयन दर्तासहित सम्मेलन गरेको हो। दाङका तीन वडामा विशेष कारण सम्मेलन गर्न नसकिएको माओवादीले बताएको छ।

कार्य समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित निर्वाचित भएका छन्। संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको व्यवस्था गरेको छ।

कुन वडामा को अध्यक्ष?

शान्तिनगर गाउँपालिका वडा नं. मा १ लुद्र बहादुर केसी, वडा नं. २ मा मान बहादुर खड्का, वडा नं. ४ मा  भीम रेउले, वडा नं. ५ मा शिव चौधरी, वडा नं. ६ मा तेजबहादुर केसी र वडा नं. ७ मा  हेमन्त शर्मा निर्वाचित भएको पार्टीका गाउँपालिका अध्यक्ष नेब बहादुर रोकाले जानकारी दिए।  उनका अनुसार वडा नं. ३ मा सम्मेलनको तयारी नभएको भन्दै शनिबार स्थगित भएको र आइतबार हुने छ।

यस्तै दंगीशरण गाउँपालिकाको वडा नं.१ मा विजय बिष्ट, वडा नं. २ मा दिलबहादुर परियार, वडा नं. ३ मा टोपाराम चौधरी, वडा नं. ४ मा ठाकुर चौधरी, वडा नं. ५ मा  मोहलाल गिरी, वडा नं. ६ मा भरथरु चौधरी र वडा नं. ७ मा  तुलसीराम चौधरी निर्विरोध निर्वाचित भएको पार्टीले जनाएको छ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १ मा डिल्लु प्रसाद न्यौपाने, वडा नं.  २ मा कालीचरण चौधरी, वडा नं.  ३ मा  प्रेमप्रकाश मल्ल, वडा नं.  ४ मा रणवीर सिंह घर्ती, वडा नं. ५ मा बेद प्रसाद ओली, वडा नं. ६ मा  वीरेन्द्र बूढा मगर,  वडा नं. ७ मा  डम्मर थापा निर्वाचित भएका छन्।

 यस्तै वडा नं. ८ मा जीवन केसी,  वडा नं. ९ मा मदन हमाल, वडा नं. १० मा  शम्भु पौडेल, वडा नं. ११ मा गोपाल मल्ल, वडा नं. १२ मा ज्ञानबहादुर बस्नेत, वडा नं. १३ मा देवबहादुर बिक, वडा नं. १४ मा लेखत पौडेल, वडा नं.१५ मा देवबहादुर बस्नेत,  वडा नं. १६ मा कमल नेपाली, वडा नं. १७ मा हरि पौडेल, वडा नंं. १८ मा  लोकबहादुर बहकरी र  वडा नं. १९ मा  दुर्गा बहादुर बिक अध्यक्षमा निर्विरोध निर्वाचित भएको पार्टीका तुलसीपुर नगर अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए।

 यसैगरी घोराही उपमहानगरपालिकाको वडा नं. १ मा  भीमसेन बूढा, वडा नं. २ मा लेखा अधिकारी, वडा नं. ३ मा सुमन रोका, वडा नं. ४ मा गुरुप्रसाद न्यौपाने, वडा नं. ५ मा नोमबहादुर केसी, वडा नं. ६ मा  खलु प्रसाद पुन, वडा नं. ७ मा चिजबहादुर चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै, वडा नं. ८ मा पिताम्बर ओली, वडा नं. ९ मा माघुराम चौधरी, वडा नं. १० मा बुद्धिराम चौधरी, वडा नं. ११ मा पूर्णचन्द्र बिक, वडा नं. १२ मा पूर्णबहादुर बूढा, वडा नं. १३ मा रिमबहादुर नेपाली, वडा नं. १४ मा कृतिमान पुन, वडा नं. १५ मा बामदेव रिजाल, वडा नं. १६ मा देउमन दमाई,  वडा नं. १७ मा  पदमबहादुर केसी, वडा नं. १८ मा सुरश बूढा र  वडा नं. १९ मा  खड्कबहादुर घर्ती अध्यक्षमा निर्वाचित भएका हुन्। 

त्यस्तै बंगलाचुली गाउँपालिकाको वडा नं. १ मा जीतबहादुर घर्ती, वडा नं. २ मा मेघराज घर्ती, वडा नं. ३ मा लोकबहादुर खत्री, वडा नं. ४ मा लालबहादुर परियार,  वडा नं. ५ मा गोपीराम थापा, वडा नं.  ६ मा नारायण ओली, वडा नं.  ७  खिमबहादुर बैजाली, वडा नं. ८ मा डम्बरबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका हुन्।

यसैगरी लमही नगरपालिकाको वडा नं. १ मा बिष्णुप्रसाद शर्मा, वडा नं. २ मा जगनारायण चौधरी, वडा नं. ३ मा लोकमणि बञ्जाडे, वडा नं. ४ मा रमेश सुनार, वडा नं. ५ मा चित्रबहादुर केसी, वडा नं. ६ मा कृष्णप्रसाद घिमिरे, वडा नं. ७ मा ध्रुवकुमार चौधरी, वडा नं. ८ मा जोगराज चौधरी, वडा नं. ९ मा मानसिंह ओली निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै गढवा गाउँपालिकाको वडा नं. १ मा राजकुमार थापा, वडा नं. २  मा सन्तोष यादव, वडा नं. ३ मा आशाराम चौधरी, वडा नं. ४ मा अतिउल्ला मनिहार, वडा नं. ५ मा शंकरदेव चौधरी, वडा नं.  ६ मा महेश अधिकारी, वडा नं. ७ मा रामभरोस चौधरी,  वडा नं. ८ मा चन्द्र बिक निर्वाचित भएको पार्टीले जनाएको छ।

यसैगरी राजपुर गाउँपालिकाको वडा नं. १ मा श्यामलाल ओली, वडा नं. २ मा तुलसीराम भण्डारी, वडा नं. ३ मा राजबहादुर यादव, वडा नं. ४ मा परशुराम यादव, वडा नं. ५ मा अम्मर बहादुर बोहरा, वडा नं. ६ मा नेत्रबहादुर केसी, वडा नं. ७ मा टेकबहादुर राना अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै राप्ती गाउँपालिकाको वडा नं. १ मा तपराज आचार्य, वडा नं. २ मा लालबहादुर चौधरी, वडा नं. ३ मा आनन्द परियार, वडा नं. ४ मा बिष्णुप्रसाद पोख्रेल, वडा नं. ५ मा गरेबु चौधरी, वडा नं. ६ मा  बिर्खबहादुर महरा, वडा नं. ८ मा अञ्ज कार्की,  वडा नं. ९ मा कृष्ण बहादुर घर्ती निर्वाचित भएका हुन्। यस्तै वडा नं. ७ मा  स्थानीय मेलाका कारण वडा सम्मेलन  स्थगित भएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP