Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्यानचेस्टर युनाइटेड फेरि पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको खराब लय जारी छ। लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर वाट्फोर्डसँग ४-१ को फराकिलो अन्तरले पराजित भयो।

वाट्फोर्डको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा थप दुई गोल गर्‍यो। २८ औं मिनेटमा जोसुवा किंगले पहिलो गोल गर्दा  ४४ औं मिनेटमा स्मालिया सारले दोस्रो गोल गरे।

यद्यपि‚ दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। ५० औं मिनेटमा भान डी बीकले युनाइटेडलाई २-१ को अवस्थामा ल्याए। तर‚ ६९ औं मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। पराजित भएको युनाइटेड १२ खेलबाट १७ अंकसहित सातौँ स्थानमा झरेको छ। वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा रहेको छ।

चेल्सीको लय कायमै

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको चेल्सीले लेस्टर सिटीमाथि ३-० को जित दर्ता गर्दै आफ्नो सानदार लय कायम राखेको छ। शीर्ष स्थानमा रहेको चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ।

त्यस्तै‚ लिभरपुलले पनि आफ्नो उच्च प्रदर्शन कायम राख्यो। लिभरपुलले आर्सनलमाथि ४–० को प्रभावशाली जित निकाल्दै २५ अंक बनाएर चेल्सीलाई पछ्याइरहेको छ।

त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २-० ले पराजित गर्दा नर्विचले साउथह्याम्पटनलाई २–१ तथा वुल्भ्सले वेष्टह्यामलाई १-० ले पाखा लगायो। त्यस्तै‚ बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र ब्रेन्टफोर्डले समान ३-३ को बराबरी खेले।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP