Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

म्यानचेस्टर युनाइटेड फेरि पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको खराब लय जारी छ। लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर वाट्फोर्डसँग ४-१ को फराकिलो अन्तरले पराजित भयो।

वाट्फोर्डको मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा थप दुई गोल गर्‍यो। २८ औं मिनेटमा जोसुवा किंगले पहिलो गोल गर्दा  ४४ औं मिनेटमा स्मालिया सारले दोस्रो गोल गरे।

यद्यपि‚ दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। ५० औं मिनेटमा भान डी बीकले युनाइटेडलाई २-१ को अवस्थामा ल्याए। तर‚ ६९ औं मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। पराजित भएको युनाइटेड १२ खेलबाट १७ अंकसहित सातौँ स्थानमा झरेको छ। वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा रहेको छ।

चेल्सीको लय कायमै

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको चेल्सीले लेस्टर सिटीमाथि ३-० को जित दर्ता गर्दै आफ्नो सानदार लय कायम राखेको छ। शीर्ष स्थानमा रहेको चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ।

त्यस्तै‚ लिभरपुलले पनि आफ्नो उच्च प्रदर्शन कायम राख्यो। लिभरपुलले आर्सनलमाथि ४–० को प्रभावशाली जित निकाल्दै २५ अंक बनाएर चेल्सीलाई पछ्याइरहेको छ।

त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २-० ले पराजित गर्दा नर्विचले साउथह्याम्पटनलाई २–१ तथा वुल्भ्सले वेष्टह्यामलाई १-० ले पाखा लगायो। त्यस्तै‚ बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र ब्रेन्टफोर्डले समान ३-३ को बराबरी खेले।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP