युरोपमा फेरि बढ्यो कोरोना सङ्क्रमण

काठमाण्डाै – युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा  पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

जर्मनीले खोप नलगाएकाहरुलाई थप कडाइ गर्ने भएको छ । त्यहाँ खोप नलगाएकाहरुलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुरेन्टजस्ता ठाउँमा प्रवेशमा निषेध गरिने भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP