न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको ‘क्लिन स्वीप’

काठमाण्डाै – न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ । कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । भारतका अक्षर पटेलले ३, हर्सल पटेलले २ तथा  दीपक चहार, युजभेन्द्र चहाल र भेन्कातेस ऐरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने  इशान किसनले २९,श्रेयस एयरले २५, दिपक चाहरले २१, भेन्कातेस ऐरले २० रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननरले ३ विकेट लिए भने लकी फर्गुनस, एडम मिल्ने, ट्रेन्ट बोल्ट र ईश सोधीले १/१ विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP