Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

२४ घण्टामा ३ सय ८५ जनामा काेराेना पुष्टि, २ सय ५८ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार तीन सय ८६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९५ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ सय १७ जना पुगेको छ ।

यही अवधिमा थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।

अहिले नेपालमा सात हजार दुई सय ६९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यसैबीच पछिल्लो २४ घण्टामा ७१ हजार चार सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ७९ लाख ५२ हजार तीन सय ८६ जना पुगेको छ । ९१ लाख ४५ हजार चार सय ८० जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले आज साेमवारदेखि देशभर नै १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । यसअघि लक्षित वर्गको आधारमा खोप लगाउने गरिएको थियो । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका लागि काठमाण्डौ उपत्यकासहित प्रदेशस्तरमा रहेका २४ वटा खोप केन्द्रबाट फाइजर खोप लगाइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP