Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

डिएसपी कार्कीलाई प्रदेशकै सर्वोत्कृट प्रहरी सम्मान

झापा : छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो ।

गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए । परिवारले उहाँको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो।

सो घटनाको सफल अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका प्रहरी नायब उपरीक्षक कार्कीले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरी कार्यालयले उक्त उपाधि घोषणा गरेको हो।

सर्वोत्कृष्ट प्रहरी घोषित कार्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP