Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले दशौं महाधिवेशनका लागि मञ्च निर्माणमा ५० लाख खर्च

चितवन : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको लागि चितवनमा अत्याधुनिक तरिकाले मञ्च निर्माण गरिदैछ। सो मञ्च निर्माणमा मात्रै ५० लाख रुपिँया खर्च गरिने भएको छ।

मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भने ‘हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौं। स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपिँया खर्च हुँदैछ। बुटवलमा भएको आठौँ महाधिवेशन भन्दा धेरै आकर्शक तरिकाले मञ्च निर्माण गरिदैछ’ 

एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ। जसमा चारवटा खण्ड रहनेछन्। मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन्। त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन्। मञ्चको अगाडि रहेको भागमा कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन्। कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइनेछ।

मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन्। जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीहरुलाई राखिनेछ। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ। चितवनतर्फ पर्ने नदीकिनारमा डेढ लाख कार्यकर्तामात्रै सहभागी हुन सक्ने श्रेष्ठले बताए।

‘मञ्च निर्माण हुने नदीकिनारमा डेढ लाख अटाउलान्। त्यसो हुनाले सहभागीहरुलाई चितवन र नवलपुर दुवैतर्फको नदीकिनारमा राख्छौँ’, उनले भने, ‘टाढा बस्नेहरुका लागि डिस्प्ले बोर्ड राख्छौँ । सहभागीहरु आउने–जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ।’

महाधिवेशन स्थल र बजारका मुख्य चोकहरु पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए। त्यसबाट सहभागीहरुले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्नेछ । कार्यक्रमको लाइभ प्रशारण गर्ने व्यवस्था गरिएको छ। दुईवटा ड्रोन क्यामराले खिच्नेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि सेल्फीस्थल र स्थायी संरचना निर्माण गरिनेछ । नदी किनारमा गैंडाको मुर्ती निर्माण गरिने तयारी रहेको छ। त्यो मूर्ति पछिसम्म रहनेगरी निर्माण गर्न लागेको उनले बताए। महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयं पार्टीले नै गर्ने उहाँले जानकारी दिनुभयो । फोहोर टिप्नका लागि पनि स्वयंसेवक खटाइने भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP