Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तुमा जिल्ला सभापति सुरेन्द्र राज आचार्य टिमलाई हार्ने डर माहौल विग्रए पछि आचार्य गुटले बिबाद मच्चाउँदै अधिवेशन स्थगित

कपिलवस्तु। नेपाली काँग्रेस कपिलवस्तुको संघिय निर्वाचन क्षेत्रको निर्वाचन बिवाद भएको कारणले स्थगित भएको छ । जिल्ला अध्यक्ष सुरेन्द्र राज आचार्य (पौडेल पक्ष) टिमले बिवाद उत्पन्न गराए पछि निर्वाचन नजिक पुगे पछि स्थगित भएको थियो । स्रोतका अनुसार जिल्ला दशकौं देखी दवदवा रहेको आचार्यको टिमको माहौल कमजोर भए पछि निर्वाचन स्थगित गरेको आरोप लगाएका छन् ।

जिल्ला अध्यक्ष सुरेन्द्रराज आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सुचना जारी गर्दै तयारी नपुगेको र प्राविधिक कारण देखाइ अर्को सुचना जारी नहुँदा सम्म निर्वाचन स्थगित भएको जानकारी गराएका छन् । यता जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले क्षेत्र नं. ३ मा उम्मेदवार माथी दावि विरोध र क्षेत्र नं. १ मा मतदान स्थलको बिषयमा विवाद भएको कारणले निर्वाचन स्थागित गरिएको स्पस्ट पारे । किन बल्झियो अचानक बिवाद जिल्लाका ३ क्षेत्रका मुख्य बिवाद देउवा पक्ष उम्मेदवार हावि भएको बताइन्छ ।

क्षेत्र नं. १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै बिवाद उत्पन्न गराएका छन् । मतदान गर्नका लागि मनोनय दर्ता स्थल मायादेवी गाउँपालिकाको पकडीमा मतदान केन्द्र सार्नु पर्ने भन्दै बिवाद उत्पन्न भएको थियो । क्षेत्र नं. १ मा देउवा पक्षबाट अव्दुल मन्नान र पौडेल पक्षबाट टेक बहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दिपकुमार उपाध्याय र संघिय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्र समेत मानिन्छ । दुबै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् । यसै गरी कुनै बिवाद नै भएको क्षेत्र नं. २ को अधिवेशन समेत स्थगित भएको छ ।

निर्वाचनको तयारी गर्दै कार्यकर्ता सँग भोट माग्दै प्रचार गर्दै गरेको अवस्थामा निर्वाचन स्थगन भएको सुचना आएको एक नेताले भने । निर्वाचन किन रोकियो भन्ने कारण थाहा पनि नभएको गुनासाे गरे ।

यो निर्वाचन क्षेत्र जिल्ला सभापति आचार्यको पकड क्षेत्र मानिन्छ । यसै गरी क्षेत्र नं. ३ मा दुबै सभापतिका उम्मेदवार बिबादमा परेका छन् । संस्थापन पक्षका उम्मेदवार ब्रम्हानन्द उपाध्यायलाई पौडेल पक्षका हरी पोख्रेल पक्षले लेवि नतिरेको भन्दै उजुरी गरे पछि बिबाद सुरु भएको थियो ।

अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकोले मतदाता नामावली सुचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौ महिनामा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP