महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित

एजेन्सी । आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित दर्ता गरेको छ। युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज (मंगलबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित नेपालले भुटानविरुद्धको खेल सहजै जितेको थियो। भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन  र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्। यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो। भुटानको पाली ध्वस्त पार्ने क्रममा सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्।

यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ।

भुटानको पनि २ खेलमा २ अंक नै छ।  भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो।

६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ।

छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP