Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

पाँच देशका गैरआवासीय राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि सिंगापुरका राजदूत सिमोम वोङ वाइ कुइन, नेपालका लागि न्‍युजिल्याण्डका राजदूत डेभिड ग्रेगोरी पाइन, नेपालका लागि होली सीका राजदूत लियोपोल्दो गिरेल्ली, नेपालका लागि टर्कीका राजदूत फिरात सुनेल र नेपालका लागि रोमानियाका राजदूत ड्यानिएला मारिएना सिजोनोभ ताने रहेका छन् । उनीहरु पाँचैजना नेपालका लागि गैरआवासीय राजदूतहरु हुन् ।

ओहदाको प्रमाणपत्र बुझाउने समारोहमा सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायत उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थित भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP