Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विश्वकप एसिया छनोटमा नेपाल र कुवेत भिड्दै

काठमाडौं : आइसिसी महिला टी २० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कुवेतको सामना गर्दैछ। दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको थियो।  सोमबार भएको पहिलो खेलमा नेपाल हङकङविरुद्ध ६ विकेटले पराजित भयो।  यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो।

यसअघि नेपालले अन्तिमपटक सन् २०१९ मा भएको खेलमा कुवेतलाई ३० रनले पराजित गरेको थियो।  बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ। प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्ध खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP