Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछी विजयनगरका सबै विद्यालय बन्द ।।


कपिलवस्तु शिक्षकहरु पार्टीको कार्यक्रममा गएपछी कपिलवस्तुको विजयनगर गाँँउपालिका भित्रका सबै समुदायिक विद्यालय बन्द भएको छ । पालिकाका सबै शिक्षकहरु नेकपा एमालेको १० औँ महाधिवेशनका लागि चितवनमा गएपछी सबै विद्यालय बन्द भएको हो ।
विद्यालयका प्रधानाध्यपक केही दिन देखी भ्रमण गएको र अधिंकास शिक्षकहरु नेकपा एमालेको महाधिवेशनमा गएपछी विद्यार्थीको पठानपाठन समेत प्रभावित भएको विजयनगरका स्थानिय तेज प्रसाद पौडेलले बताउनु भयो ।
विद्यालयमा परिक्षा सञ्चालन भैरहेको समयमा विद्यालय बन्द गरी राजनितिक कार्यक्रममा जानु गलत भएको पौडेलले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी मा.वि समेत बन्द भएको स्थनिय जानकी प्रसाद यादवले बताउनु भयो । शिक्षकहरु खुलेर राजनितिमा लाग्दा शिक्षा क्षेत्र समेत बदनाम तथा प्रभावित भएको यादवले बताउनु भयो ।
विद्यार्थीहरुलाई के कति कारणले गर्दा विद्यालय बन्द गरी विदा दिएको समेत कसैलाई कुनै जानकारी नभएको नागरिक सरोकार मन्च विजयनगरको संयोजक सगराम बढईले बताउनु भयो । यसरी पार्टीको कार्यक्रमको लागि नै विद्यालय बन्द गरिनु अपत्तीजनक रहेको बर्ढईको भनाई रहेको छ ।
यता विजयनगर गाँउपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझीएको छ ।
विजयनगरका चर्चित विद्यालय गुगौलीको दुधाधारी मा.वि, भटनी प्रेमनगरको हरीबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मा.वि, डालपुरको शिव मा. वि, जगदिशपुरको भुवनेश्वरी मा.वि लगायतका विद्यालय बन्द भएको छ ।
त्यस्तै विजयनगर गाँउपालिका कार्यलायका अंधिकांस कर्मचारी पार्टीको महाधिवेशनमा गएपछी कार्यालयको कामकाज समेत प्रभावकारी भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP