Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महाधिवेशनको भिडमा बेहोस भएर ढले केन्द्रीय सदस्‍य यादव

चितवन :  नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा रौतहटबाट आएका एमाले केन्द्रीय सदस्य लाल बाबु यादव बेहोस भएर ढलेका छन्। शनिबार बन्दसत्र सुरु हुनुअघि बेहोस भएर ढलेका उनको स्वास्थ सहायता कक्षमा उपचार भइरहेको छ।

एक्कासि बेहोस भएर ढलेका उनको होस नआएपछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी गरिएका बेला स्वास्थ्यमा केही सुधार आएपछि अन्यत्र नलगिने बताइएको छ।

चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा अहिले केहीबेरमा सुरु हुने बन्दसत्रका लागि नेता-कार्यकर्ता तथा प्रतिनिधिहरू आइसकेका छन्।

नेता कार्यकर्ता तथा जुलुस र खुसियालीका र्‍यालीले बाटो तथा सडक अस्तव्‍यस्त बनेको छ। यहाँ नेताहरूसमेत जाममा फस्नुपर्ने अवस्था देखिन्छ। शुक्रबार महाधिवेशन उदघाटन समारोह सपापनपछि अध्यक्ष केपी शर्मा ओलीसमेत जाममा परेका थिए।

 बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनेगरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP