Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात

इलाम : माङसेबुङ गाउँपालिका–५ मा आत्मानन्द खेल मैदानमा जारी १४औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितको उद्घाटन शनिबार प्रदेश १ सामाजिक विकासमन्त्री जयराम यादवले गरेका थिए।

उद्घाटन घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा धरानको गोधुली फुटबल क्लबलाई ३–१ गोलको सहज जित निकाल्दै माङसेबुङले विजयी सुरुवात गरेको हो। 

खेलको १८औं मिनेटमा नै माङसेबुङका प्रविण राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। २०औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाए। घरेलु मैदानको समर्थन पाएको माङसेबुङले २४औं निर्मल राईको गोलमा अग्रता ३–० बनायो। गोधुलीका तर्फबाट दोश्रो हाफमा विवस सुनुवारले सान्तवना गोल फर्काएका थिए। 

आइतबार बिबिएफसी दकम झापा र रेडहर्ष इलामबीच प्रतिष्पर्धा हुनेछ। किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ।

विजेता टिमले नगद ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १६८ रुपैयाँ हित ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदियमान खेलाडी, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP