Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै

काठमाडौं :  आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणका खेल हुँदैछन्।

६ टीम सम्मिलित खेलमा खेलमा सबै टिमले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन्। छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ। यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। र, आज नेपालले  यूएईको सामना गर्नेछ।

आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ। यद्यपि, यूएई नेट रन रेटमा नेपालभन्दा अघि छ। 

 आजको खेलमा नेपालका लागि जित मात्र पर्याप्त छैन। यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। त्यसो भयो भने नेपाल ग्लोबल छनोटमा पुग्नेछ।

नेपाले आज जित निकालेको अवस्थामा हङकङलाई पनि छनोटको शीर्षस्थानमा पर्नसक्ने अवसर हुनेछ। नेट रन रेटमा कमजोर अवस्थामा रहे पनि उसले आज छनोटकै सबैभन्दा कमजोर टिम कुवेतको सामना गर्नेछ। यदि उसले जित निकालेको अवस्थामा नेपाल र यूएईको नेट रन रेट हङकङको भन्दा थोरै भएमा उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।

आजको खेलबाट नेपाल र हङकङलाई जित निकालेर ग्लोबल छनोटमा पुग्न निकै गाह्रो देखिन्छ। तर, यूएईले झिनो अन्तरमै पनि जित निकालेमा पनि एसियाली छनोटमा अपराजित रहँदै उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।

एसियाली छनोट पार गर्ने एउटा मात्र टिमले ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट पनि पार गर्ने टिमले भने २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी टी २० विश्वकप खेल्न पाउनेछ। आजको अर्को खेलमा मलेसियाले भुटानसँग खेल्दैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP