Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै

काठमाडौं :  आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणका खेल हुँदैछन्।

६ टीम सम्मिलित खेलमा खेलमा सबै टिमले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन्। छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ। यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। र, आज नेपालले  यूएईको सामना गर्नेछ।

आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ। यद्यपि, यूएई नेट रन रेटमा नेपालभन्दा अघि छ। 

 आजको खेलमा नेपालका लागि जित मात्र पर्याप्त छैन। यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। त्यसो भयो भने नेपाल ग्लोबल छनोटमा पुग्नेछ।

नेपाले आज जित निकालेको अवस्थामा हङकङलाई पनि छनोटको शीर्षस्थानमा पर्नसक्ने अवसर हुनेछ। नेट रन रेटमा कमजोर अवस्थामा रहे पनि उसले आज छनोटकै सबैभन्दा कमजोर टिम कुवेतको सामना गर्नेछ। यदि उसले जित निकालेको अवस्थामा नेपाल र यूएईको नेट रन रेट हङकङको भन्दा थोरै भएमा उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।

आजको खेलबाट नेपाल र हङकङलाई जित निकालेर ग्लोबल छनोटमा पुग्न निकै गाह्रो देखिन्छ। तर, यूएईले झिनो अन्तरमै पनि जित निकालेमा पनि एसियाली छनोटमा अपराजित रहँदै उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।

एसियाली छनोट पार गर्ने एउटा मात्र टिमले ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट पनि पार गर्ने टिमले भने २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी टी २० विश्वकप खेल्न पाउनेछ। आजको अर्को खेलमा मलेसियाले भुटानसँग खेल्दैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP