Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । 

पहिलाे खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएकाे बिग्रेड आज लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ भने एनआरटी पहिलाे जितकाे खाेजीमा हुनेछ । एनआरटी यसअघि भएकाे पहिलाे खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो । 

बिग्रेड ३ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ । 

यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

पहिलाे खेलमा एनआरटीलाई २-१ गाेल अन्तरले हराएकाे मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेकाे थियाे । 

मच्छिन्द्र तीन अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने  त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP