Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा

जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।

विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताए ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ ।

बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP