बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र ‘क्लस्टर’ अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापन अन्तर्गतका आफ्ना एजेन्डा सुनाउँदै भन्नुभयो, विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेन्डा हाे । राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उहाँले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पार्नुभयो ।

उहाँ विसं २०७० को संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य र २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको अहिलेकाे विधानले महिला, आदिवासी/जनजाति, दलित, मधेशी, खस/आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लस्टरबाट एक/एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP