Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

उहाँले आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र ‘क्लस्टर’ अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापन अन्तर्गतका आफ्ना एजेन्डा सुनाउँदै भन्नुभयो, विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेन्डा हाे । राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उहाँले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पार्नुभयो ।

उहाँ विसं २०७० को संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य र २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको अहिलेकाे विधानले महिला, आदिवासी/जनजाति, दलित, मधेशी, खस/आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लस्टरबाट एक/एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP