Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाण्डाैमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

आज सोमवार काठमाण्डाैमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाण्डाैमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले पार्टीमा रहेर नगरि नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताउनुभयो । उहाँले एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एक पटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यो पृष्ठभूमिमा म तपाईँहरू समक्ष आउँदा दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने सङ्कल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही काम अधुरा छन्, केही नगरि नहुने काम बाँकी छन्, ती काम अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरू आउँदाे मङ्सिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष थापाले आउँदाे  चुनावबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रूपमा राप्रपा उदाउने दाबी गर्नुभयो । सबै एकत्रित भएर काम गरे आउँदाे चुनावमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङ्देन र धवल शम्शेर नै भएकाले एक पटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP