पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाण्डाैमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

आज सोमवार काठमाण्डाैमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाण्डाैमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले पार्टीमा रहेर नगरि नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताउनुभयो । उहाँले एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई एक पटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यो पृष्ठभूमिमा म तपाईँहरू समक्ष आउँदा दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने सङ्कल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु । केही काम अधुरा छन्, केही नगरि नहुने काम बाँकी छन्, ती काम अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन । साथीहरू आउँदाे मङ्सिर १५ गतेदेखि हाम्रो महाधिवेशन हुँदैछ, यो महाधिवेशन एकताको महाधिवेशन हो, यो महाधिवेशन केवल नाम मात्रैको होइन, मन, वचन र कर्मले एकताको महाधिवेशन हुनुपर्दछ । म सम्पूर्ण महाधिवेशनका प्रतिनिधिलाई यो महाधिवेशनबाट फर्केर घर जाँदा पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्प गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष थापाले आउँदाे  चुनावबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रूपमा राप्रपा उदाउने दाबी गर्नुभयो । सबै एकत्रित भएर काम गरे आउँदाे चुनावमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङ्देन र धवल शम्शेर नै भएकाले एक पटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP