Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आत्मानन्द कप : सेमीफाइनल समीकरण पूरा

इलाम : इलामको माङ्सेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपको सेमीफाइनल समीकरण पूरा भएको छ। मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मोरङ सिरिजंगा स्पोर्टिङ क्लब बिजयी भएसँगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो।

सिरिजंगाले गत संस्करणको विजेता पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबविरुद्ध ४–१ गोल अन्तरको सानदार जित निकाल्न सफल रह्यो। सिरिजंगाको जितमा सनम भुजेलले ह्याट्रिक गरेका थिए। यस्तै‚ सन्तोष न्यौपानेले एक गोल गरे।

मानेभञ्ज्याङका तर्फबाट निश्चल राईले सान्तवाना गोल फर्काए। सिरिजंगाले अब बिहीबार हुने अन्तिम सेमीफाइनलमा बिबिएफसी क्लब झापा दमकसँगको भेट निश्चित गरेको छ। पहिलो सेमीफाइनलमा आज (बुधबार) माङसेबुङ गाउँपालिका खेलकुद समिति र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुनेछ।

प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।

विजेता टिमले ३ लाख १६८ रुपैयाँ र उपविजेता टिमले २ लाख १६८ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। व्यक्तिगत विधामा समेत पुरस्कार राखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP