काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक कराेड नाघेकाे छ । पछिल्लाे २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या एक कराेड नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ३० हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएकाे हाे । हिजो मङ्गलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई काेराेनाविरुद्धकाे खोप लगाइएकाे थियाे ।
यसैबीच पछिल्लो २४ घण्टामा थप तीन सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार सात सय २७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४८ प्रतिशत अर्थात् तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप दुई सय ५९ जना निको भएसँगै काेराेना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार एक सय ६८ पुगेको छ । यही अवधिमा तीन जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २९ पुगेको छ । अहिले नेपालमा ६ हजार नौ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया