Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए ।

चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी दोस्रो स्थानमा यथावत छ । सिटीको १४ खेलमा ३२ अङ्क छ । एस्टन भिल्ला १६ अङ्कसहित १३ औं स्थानमा छ ।

अर्को खेलमा एभर्टनलाई लिभरपुलले ४–१ गोल अन्तरले हराएको छ । लिभरपुलको १४ खेलमा ३१ अङ्क भएको छ । एभर्टनको १६ खेलमा १४ अङ्क छ । आज बिहान भएका अरु खेलमा साउथह्याम्पटन र लेस्टर सिटी, उल्भ्स र बर्नली तथा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

साउथह्याम्पटन र लेस्टरले २–२, वेस्टह्याम र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नली १३ खेलमा १० अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । उल्भ्सको १४ खेलमा २१ अङ्क भएको छ । उल्भ्स छैटाैँ स्थानमा कायमै छ । १४ खेलमा १० अङ्क रहेको नर्विच सिटी १९ र समान खेलमा ७ अङ्क रहेको न्युक्यासल पुछारमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP