Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बुद्धकालीन ज्ञान, शिक्षालाई उच्च तहसम्मकाे पाठ्यक्रममा राख्नुपर्छ : राष्ट्रपति

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान र शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ । आज बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्त्विक, सांस्कृतिक सम्पदाको उत्खनन, संरक्षण र संवर्द्धनमा अग्रसर हुनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको मौलिक परम्पराको रूपमा विकसित भएको बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनुपर्दछ ।’

जमिनमुनि दबिएका पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वका वस्तुहरू अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी विकास गुरुयोजना चाँडै कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP