Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

छुटेकाहरुले आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाण्डाै – निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । यसअघिकाे मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएकाे हाे ।  

मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् । आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP