Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसमा प्रदेश नेतृत्व चयनका लागि प्रक्रिया सुरु : प्रदेश-२ मा अधिवेशन अनिश्चित

काठमाण्डाै – कांग्रेसको महाधिवेशन अन्तर्गत सातमध्ये ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । हिजो एकैसाथ अधिवेशन उद्घाटन गरिएका ६ वटा प्रदेशमा आजदेखि चुनावी प्रक्रिया सुरु भएको हो । प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो।

हिजो प्रदेश-१ मा विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । तर केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । प्रदेश-१ मा १७ सय ७०, वाग्मतीमा २१ सय ३७, गण्डकीमा ११ सय ५३, लुम्बिनीमा १६ सय ४२, कर्णालीमा ७ सय ४९ र सुदूरपश्चिममा ९ सय ८७ जना मतदाता छन् ।

त्यस्तै अधिवेशन उद्घाटन भए पनि प्रदेश-२ मा अधिवेशन अनिश्चित भएको छ । प्रदेश-२ मा मुख्य गरी सर्लाहीमा विवाद छ । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिन पाउँछन् ।

सङ्घीयता लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहमा नेतृत्व चयन गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो एकैसाथ प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाण्डौमा हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP