Trending
राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने समाज डढेलोमा परी महिलाको मृत्यु अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु समाज आज ६९ औँ स्थापना दिवस मनाउँदै पत्रकार महासंघ अन्तर्राष्ट्रिय बेलायतमा पाँचमध्ये एक शिक्षकले सामना गर्नुपर्छ विद्यार्थीको दुर्व्यवहार

पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

काठमाडौं : पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज (शुक्रबार) आएको छ। कोभ्याक्स सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार उक्त खोप आज दिउँसो कतार एयरवेजमा ल्याइएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ। नेपालले डब्लूएचओको नीति अनुसरण गर्ने भएकाले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आएको थियो। फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई दिइएको थियो।

मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा अहिलेसम्म कोभिडविरुद्धको लागि भनेर बनाइएका कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनिका, जनसन र फाइजर खोप लगाइसकिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP